कसले के भने ?

मुलुकको समृद्धिका लागि एकता
डा. शशांक कोइराला
नेपालको प्रजातान्त्रिक आन्दोलनका मूर्धन्य व्यक्तित्व महामानव बीपी कोइरालाले आफूलाई राजद्रोहका दर्जनौं मुद्दा र फाँसीको सजाय पनि हुन सक्ने अवस्था हुँदा-हुँदै, प्रवासको लामो बसाइपछि २०३३ सालमा राष्ट्र संकटमा परेको महसुस गर्दै मेलमिलापको नीति लिएर भारतबाट पुस १६ गते नेपाल फर्कनु भएको थियो । मुलुक संकटमा पर्दा सम्पूर्ण नेपालीहरुमा एकता हुनुपर्छ भनेर बीपी कोइरालाले मेलमिलापको नीति लिएर फर्केको दिनको सम्झना स्वरुप हरेक वर्ष पुस १६ गतेका दिन नेपाली कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै आइरहेको छ ।
झन्डै ४६ वर्षअघि बीपी कोइरालाले आह्वान गर्नुभएको मेलमिलाप नीतिको वर्तमानमा पनि नेपाली कांग्रेस पार्टी भित्र र बाहिर उत्तिकै सान्दर्भिकता महसुस हामीहरूले गरिरहेका छौं । नेपाली कांग्रेसलाई सशक्त बनाउन पार्टीका साथीहरूबीचमा एकता र मेलमिलापको आवश्यकता छ भने मुलुकको समृद्धिको लागि सम्पूर्ण पार्टीहरु तथा आम नेपाली नागरिकहरुका बीचमा एकता आवश्यक छ ।
अन्तमा ४६औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दै एकता, सद्भावका साथ अघि बढ्न सबैलाई प्रेरणा मिलोस् ।
उत्प्रेरित गर्न सकोस्
गगन थापा
हामीले बनाएको संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि संविधानका पक्षधर राजनीतिक शक्तिबीचको सहकार्य र मेलमिलाप आजको आवश्यकता हो। सुदृढ र एकतावद्ध कांग्रेसले मात्र त्यो आबश्यकता अनुरुपको जिम्मेवारी पूरा गर्न सक्छ। नेपाली कांग्रेसको भर्खरै सम्पन्न महाधिवेशनका क्रममा दुखेका मनहरूलाई टाल्दै पार्टीभित्र एकताबद्ध रुपमा नयाँ ऊर्जाका साथ त्यो कार्यभार पूरा गर्नुपर्नेछ।
बीपी कोइरालाले त्यतिबेला अंगीकार गरेको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै आजको सन्दर्भमा त्यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न राष्ट्रिय मेलमिलाप दिवसले हामीलाई उत्प्रेरित गर्न सकोस् ।
संकल्पबाटै परिवर्तन
बालकृष्ण खाँड
२०३३ साल पुस १६ गते
राष्ट्रिय मेलमिलापको नीति लिएर हाम्रा श्रदय नेता ज्युहरु विपी कोईराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरु निर्वासित जीवन त्यागेर आफूलाई लागेको राजकाजको मुद्दालाई बेवास्था गर्दै भारतबाट स्वदेश फर्कनु भएको दिन। तत्कालीन सरकारले त्रिभुवन विमानस्थलबाटै सोझै सुन्दरीजल बन्दीगृह लगेर उहाँहरूलाई थुनेको थियो । हाम्रा नेताज्युहरुले गर्नु भएको संकल्पले नै आजको परिवर्तन सम्भव भएको हो ।
उहाँहरुको त्याग, संघर्ष र योगदानको उच्च सम्मान प्रकट गरी नमन गर्दै सम्पूर्ण नेपालीहरुलाई राष्ट्रिय मेलमिलाप दिवसको शुभकामना व्यत्त गर्दछु ।
अस्तित्व स्वीकार गर्ने प्रेरणा
डिला संग्रौला
जननायक बी.पी. कोइराला निर्वाशन जीवन परित्याग गरी आजकै दिन ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वानका साथ स्वदेश फर्केको दिन अर्थात् “ ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस ” को पावन अवसरमा देश, जनता, लोकतन्त्र र पार्टीमा एकता, मेलमिलाप, सहमति, सहकार्य तथा सबैको अस्तित्व स्वीकार गर्ने प्रेरणा सबैलाई प्राप्त होस् ।
मतभेद मनभेदमा परिणत नहोस्
अजयबाबु शिवाकोटी
पौष १६ गते अर्थात राष्ट्रिय मेलमिलाप दिवसI राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि राष्ट्रिय मेलमिलापको नीति लिएर विपी कोईरालाको नेतृत्वमा नेपाली कांग्रेसका नेताहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्कनु भएको दिन। २०३३साल पुस १६ यता पात्रो धेरै फेरिएपनि हाम्रै नफेरिएको प्रवृतीको कारणले राष्ट्र, राष्ट्रियता र लोकतान्त्रिक व्यवस्थाको लागि धेरै आयाममा मेलमिलापको आवश्यकता अझै टड्कारो देखिएको छ। महाधिवेशनमा देखिएको मतभेदलाई मनभेदमा रुपान्तरित हुन नदिन कांग्रेसजनमा पनि वृहत मेलमिलापको आवश्यकता देखिन्छI सन्दर्भ फरक भएपनि मेलमिलापको आवश्यकता देशमा र पार्टीमा अझ बढेको छ। यहि भावनाका साथ सबै आआफ्नो ठाउँमा जुटौ। सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा मेलमिलापका दिवसको हार्दिक शुभकामना ।
सर्वकालीन महत्त्वको मेलमिलाप
डा. प्रकाशशरण महत
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दछु ।
देशको राष्ट्रियता संकटमा पर्दै गरेको अवस्थालाई मध्यनजर गरेर नेपाली कांग्रेसका संस्थापक नेता महामानव वि.पी.कोइरालाले आठ बर्ष लामो प्रवास परित्याग गरी २०३३ साल पौष १६ गते स्वदेश फर्केर लोकतान्त्रिक आन्दोलनलाई आफ्नै माटोबाट परिचालन गर्न लिनुभएको सो कदम सर्वकालीन महत्वको छ ।
नेपाली कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई मेलमिलापको कदमले परिपोषित गरेको मैले पाएको छु ।
उत्तिकै सान्दर्भिक
विमलेन्द्र निधि
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शुभकामना ।
‘राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर वा समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। हाम्रो कार्यक्रम ‘राष्ट्र रहेन भने हामी रहन्नौं’ भन्ने भावनाले प्रेरित हुनुपर्छ। देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौं।’ (राष्ट्रिय मेलमिलापको नीति लिएर वि.सं २०३३ पुस १६ गते भारत निर्वासनबाट स्वदेश फर्कने अवसरमा देशवासीका नाममा बीपी कोइरालाको अपिल)।
नेपाली कांग्रेसका संस्थापक आदरणीय वीपीले तत्कालीन राजनीतिक परिवेषमा गर्नुभएको महसुस विद्यमान राजनीतिक परिवेषमा पनि उत्तिकै सान्दर्भिक रहेको छ। प्रतिनिधि सभा विघटन गर्ने सरकारको अलोकतान्त्रिक कदमविरुद्ध जनतालाई सुशुचित र एकताबद्ध बनाउँदै राष्ट्रिय मेलमिलाप दिवस मनाउन सम्पूर्ण कांग्रेस नेता-कार्यकर्ताहरूमा अपिल गर्दछु।
सान्दर्भिकता बढेको छ ।
शेखर कोइराला
जननायक बीपी कोइरालाद्धारा प्रतिपादित राष्ट्रिय मेलमिलाप ४६ वर्षमा प्रवेश गरेको छ । आजको यस ऐतिहासिक अवसरमा कुनै पनि वाद र विवादभन्दा माथि मेलमिलाप वादको खाँचो राष्ट्र निर्माणका लागि छ। मेलमिलापको सान्दर्भिकता आज पनि कैयन् गुणा बढेको छ। महाशक्ति राष्ट्रहरुको चलखेललाई निस्तेज पार्दै नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने चुनौती हाम्रो सामु छ।
अन्तमा, बीपीको मेलमिलाप वादी मार्गमा निष्ठा र इमानदारीपूर्वक लाग्न हामी सबैलाई बीपीबाट प्रेरणा मिलोस्।
एक भएर अगाडि बढ्ने समय
चन्द्र भण्डारी
नेपालको सन्दर्भमा राष्ट्रिय मेलमिलाप भन्नुनै राष्ट्रिय हितका सवालमा अ-आफ्ना व्यक्तिगत, पारिवारिक, जातिय, भेकीय, पार्टीगत आइडियोलोजिलाई विश्राम दिई एक भएर अगाडि बढ्नु हो । समय थोरै भएकाले अनावश्यक बहसमा नअलमलियौं
। भावी पुस्तालाई समृद्ध नेपाल दिने सपना सपना मात्र नबनोस राष्ट्रिय मेलमिलाप दिवसको सबै नेपालीलाई हार्दिक शुभकामना ।

प्रतिक्रिया