राजनीतिक शक्तिबीच सहकार्य र मेलमिलाप आवश्यक : महामन्त्री थापा
नेपालखोज
२०७८ पुष १६ गते १४:३८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलहरुबीच सहकार्य र मेलमिलाप आवश्यक रहेको बताएका छन् । आज सामाजिक सन्जालमार्फत थापाले संविधान पक्षधर शक्तिबीच सहकार्य र मेलमिलाप आवश्यक रहेको बताए ।
संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि एकताबद्ध कांग्रेस आवश्यक रहेको उनको भनाई छ । थापाले भनेका छन्,‘हामीले बनाएको संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि संविधानका पक्षधर राजनीतिक शक्तिबीचको सहकार्य र मेलमिलाप आजको आवश्यकता हो । सुदृढ र एकताबद्ध कांग्रेसले मात्र त्यो आवश्यकता अनुरूपको जिम्मेवारी पूरा गर्नसक्छ ।’
सम्बन्धित

प्रतिक्रिया