प्रचण्ड इज्जत फालेर सरकारमा मात्र हुन्छन् : केपी ओली

नेपालखोज २०७८ पुष १६ गते १६:११

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको इज्जत नभएको बताएका छन् । आज वैदेशिक रोजगारीबाट फर्केकाहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अलिकति इज्जत छाड्ने हो भने सरकारबाट कहिले हट्नु नपर्ने देखिएको बताएका हुन् ।

इज्जत छाड्ने हो भने सरकारबाट कहिल्यै हट्नु नपर्ने देखिएको उनको भनाई छ । उनले भने, ‘प्रचण्डहरु म हुँदा पनि सरकारमा थिए, कांग्रेस हुँदा पनि सरकारमा नै छैन् । इज्जत फाल्यो भने जहिले पनि सरकारमा ।’

ओलीले जहिले पनि सरकारमा मात्र बस्ने भन्दा पनि जनताको जीवन परिवर्तनमा लाग्नु पर्ने बताए । उनले विदेशबाट फर्किएकाहरुले त्यहाँ सिकेको सीपलाई देशमा प्रयोग गरेर समृद्धितर्फको यात्रामा अघि बढ्नु पर्ने बताए ।

प्रतिक्रिया