‘मुलुकको समृद्धिका लागि निजी क्षेत्रसँग ठूलो अपेक्षा’

नेपालखोज २०७८ पुष १६ गते १८:२७

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै क्षेत्रको एउटै लक्ष्य मुलुकको समृद्धि हुनुपर्ने बताएका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका भएका मन्त्री कार्कीले सरकारले निजी क्षेत्रसँग मिलेर १० वर्षमा नयाँ पुस्तालाई धनी पुस्ताको रुपमा विकसित गर्न चाहेको पनि स्पष्ट पारे ।

नेपाल चेम्बर अफ कमर्सले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रसँग ठूलो अपेक्षा गरेको पनि बताए । उनले व्यवहारबाटै नयाँ पुस्तालाई दश वर्ष भित्र धनी बनाउन सबैले समृद्धिको अभियानलाई अघि बढाउनुपर्ने बताए ।

मन्त्री कार्कीले मुलुकलाई समृद्ध बनाउन नेपाल चेम्बर अफ कमर्सले मुलुकको समृद्धिका लागि थप योगदान दिने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा उहाँले नेपाल चेम्बर अफ कमर्सको ७० वर्ष पुगेको अवसरमा हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाएका थिए ।

प्रतिक्रिया