विद्यमान खरिद नियमावली वाधक बन्दा सरकारले विकास निर्माणको काम गर्न सकेन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले अहिको विद्यमान खरिद नियमावली वाधक बनेका कारण सरकारले विकास निर्माणको काम गर्न नसकेको बताएकी छन् । शुक्रबार प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समिति बैंठकमा बोल्दै मन्त्री यादवले खरिद नियमावलीले सहज काम गर्न वाधक बनेको बताएकी हुन् ।
मन्त्री यादवले खरिद ऐन कै कारण विकास निर्माणको काम नहुँदा सरकारले खरिद नियमावली संशोधन गर्ने तयारीमा रहेको बताइन् । उनले खरिद नियमावलीको कारण सडक निर्माण टेण्डर प्रक्रिया नै समस्या भएको बताइन् । तर, पछिल्लो समय सडक निर्माण तथा पुल निर्माणमा देखिएका समस्या हल गर्दै निर्माण कार्य अगाडि बढेको मन्त्री यावदले बताइन् ।
मन्त्री यादवले दार्चुला तथा कर्णाली क्षेत्रका बन्ने सडक निर्माणको कामलाई सरकारले पहिलो प्राथमिकता दिएको पनि बताइन् । उनले मन्त्रालयले कर्णाली तथा दार्चुलाबाट सडक निर्माणको फाइलहरु आएको एक दिन अध्ययन गरेर तीन दिन भित्र फाइल अगाडि बढाउने गरेको बताइन्।
मन्त्री यादवले भौतिक मन्त्रालयले तीन दिनमा फाइल पठाए पनि अन्य मन्त्रालय तथा विभागमा गएर थन्किएर बस्ने गरेकाले समस्या भएको बताइन् । उनले नेपाली सेनाको काम सड निर्माण गर्ने नभएको बताइन् । मन्त्री यावदले सडक निर्माण जाखिम भएकाले तथा समय अवधिमा नै निर्माण कार्य हुने विस्वासले गर्दा सेनालाई दिएको बताइन् । उनले जाखिम क्षेत्रको विकास निर्माणको काम गर्ने सेनालाई प्रोसाहान भत्ताको लागि मन्त्रीपरिषद्मा प्रस्ताव लाने बताइन् ।
मन्त्री यावदले नेपालको निर्माण कम्पनी मजवुद नभएकाले विदेशी कम्पनीहरुलाई कामका. जिम्मा दिनु पर्ने अवस्था रहेको बताइन् । उनले अहिले विभिन्न मन्त्रालयमा प्रविधिक तथा इन्जिनियरको अभाव भएकाले विकास निर्माणको काम पछि परेको बताइन् ।
मन्त्री यादवले मन्त्रालयले १० जना इन्जिनियर चाँहिने स्थानमा १ जनाले काम गरिरहेको बताइन् । उनले २५ हजार भन्दा बढी नेपाली इन्जिनियर विदेशमा काम गरिएको तथा नेपालमा हजारौै इन्जिनियर बेरोजगार रहेका अवस्थामा मन्त्रालयलाई काम गर्न मुस्किल भएको बताइन् ।

प्रतिक्रिया