शनिबार, जेठ ५, २०८१

कर्कट राशिको वार्षिक भविष्य

नेपालखोज २०७८ पुष १७ गते ९:२७

कर्कट राशि रहेकाको कार्ड ‘दी म्याजिसियन’ हो । य‍ो एउटा उत्कृष्ट कार्ड ह‍ो जसले य‍ो वर्ष तपाईंका लागि राम्रोसँग अवसर जुटाउने संकेत गर्छ । तपाईंको इच्छाशक्ति चरममा रहनेछ । सबै काम जोश तथा उमंगका साथ पूरा गरिनेछ । विशेष सुझबुझले काम लिन सफल हुनुहुनेछ । साम-दाम, दण्ड-भेद प्रयोग गरेर भए पनि काम निकाल्न सफल हुनुह‍ोला । लक्ष्य प्राप्त हुनेछ । कसैप्रति सोचविचार गरेर मात्र विश्वास गर्नुहोला अन्यथा धोका हुनसक्छ ।

आजीविका : व्यापारका लागि वर्ष उत्तम रहनेछ । तपाईंको कडा मिहिनेतअनुरूप नै परिणाम हात लाग्नेछ । यो वर्ष कुनै ठूल‍ो काम सुरु हुनसक्छ । कुनै काममा वरिष्ठ अधिकारीको सल्लाह अत्यन्त फलदायक साबित हुनेछ । कार्यालयमा कुनै किसिमक‍ो राजनीतिमा सामेल भएर आफ्नो बुद्धिमत्ता सिद्ध गर्न सकिनेछ । तपाईंको परिश्रमको बलमा प्रतिद्वन्द्वीहरु पराजित हुनेछन् ।

पारिवारिक जीवन : पारिवारिक दृष्टिले वर्ष राम्रो छ । परिवारमा सबै सँग सौहार्दपूर्ण सम्बन्ध रहनेछ । यद्यपि जीवनसाथीसँग सामान्य कुरालाई लिएर टकराव हुनसक्छ । तपाईं वर्षभरि नै रमाइलो, मजाकिया, चञ्चल तथा रोमान्टिक रहनुहुनेछ । जीवनसाथीमाथि स्वामित्व देखाउने भावनाले कहिलेकाहीँ समस्या सिर्जना गर्नेछ, सावधान रहनुहोला ।

आर्थिक जीवन : वर्ष आर्थिक दृष्टिले निकै लाभदायक साबित हुनेछ । आयका नयाँ-नयाँ स्रोत फेला पर्नेछन् । कहीँ कतैबाट अप्रत्याशित लाभ हुनसक्छ । अचल सम्पत्ति वा वाहन जोडिने योग छ । यो वर्ष निवेशका दृष्टिले उत्तम छ । आफ्नो बुद्धि एवं कौशलका बलमा लाभदायक काम पूरा गर्न सकिनेछ । घरमा नयाँपन ल्याउने काम हुनसक्छ भने सुख सुविधाका साधन पनि बढनेछन् ।

स्वास्थ्य : राम्रो स्वास्थ्यका लागि खानेपिउने बानिमा सुधार ल्याउनुहोला अन्यथा पाचनसम्बन्धी समस्या सिर्जना हुनसक्छ । ब्लड प्रेसर (रक्तचाप) ले सताउन सक्छ ।

सुझाव : हनुमानजीको अर्चना गर्नुहोला । सम्भव भए मंगलबार हनुमानजीलाई सिन्दूर चढाउनुहोला ।

प्रतिक्रिया