गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात
नेपालखोज
२०७८ पुष १७ गते ६:५७

काठमाडौं । आज (शनिबार) दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति भने देशभर आंशिक बदलीको सम्भावना छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । यसैगरी भोलि (आइतबार) दिउँसो देशभर आंशिक बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । राति भने देशभर आंशिक बदली रहनेछ ।
वाग्मती, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।
सम्बन्धित

प्रतिक्रिया