दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क ग्युन–हे कारागार मुक्त

सियोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क ग्युन–हेलाई रिहा गरिएको छ । उनलाई वर्तमान राष्ट्रपति मुन जे–इनले दिएको विशेष माफीमा रिहा गरिएको हो । भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी पार्कले सियोलको एक अस्पतालमा माफीको प्रमाणपत्र पाएकी छन् । उनको काँध र कम्मरको दुखाइको कारण एक महिनाभन्दा बढी समयदेखि उपचार भइरहेको छ ।
सन् २०१९ मा काँधको शल्यक्रिया गरेपछि ६९ वर्षीया ग्युन–हेले अर्को वर्ष फेब्रअरी २ सम्म अस्पतालमा उपचार गर्ने योजना बनाएकी थिइन् । एक हप्ताअघि न्याय मन्त्रालयले पार्कलाई नयाँ वर्षको लागि विशेष माफी दिइनेको सूचीमा समावेश गरेको घोषणा गरेको थियो ।पार्कलाई २२ वर्षको जेल सजाय सुनाइएको थियो ।
भ्रष्टाचारको आरोपमा महाभियोग लगाइएपछि पदमुक्त भएकी हेले २०१७ देखि सजाय भोग्दै आएकी थिइन्।् । ब्लु हाउसका अनुसार पार्कको बिग्रँदै गएको स्वास्थ्यलाई ख्याल गर्दै माफी दिने निर्णय गरिएको हो । पार्कलाई पूर्वराष्ट्रपतिको रूपमा सुरक्षा दिइए पनि अन्य विशेषाधिकारहरू भने दिइएको छैन ।

प्रतिक्रिया