राष्ट्रियसभा सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु

नेपालखोज २०७८ पुष १७ गते १२:३३

काठमाडौँ – १९ जना राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनको प्रक्रिया सुरु भएको छ । आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न वितरण र निर्वाचन आचारसंहिता लागू हुने छ । मतदान माघ १२ गतेका लागि तोकिएको छ । मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा स्थानीय तहमा १ हजार ४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता छन् । आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ ।

एमालेका आठ, कांग्रेसका तीन, एकीकृत समाजवादीका चार र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिँदैछ । राष्ट्रियसभा निर्वाचनमा १२ दल दर्ता भएका छन् ।

प्रतिक्रिया