माओवादीको स्थायी समिति बैठक सुरु, केन्द्रीय समिति प्यानल घोषणा गर्ने तयारी

नेपालखोज २०७८ पुष १७ गते १३:०२

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । आज बन्द सत्रले पार्टीको विधान केही परिर्माजनसहित पारित गरेपछि बन्द सत्र केही समयका लागि स्थगित भएको हो ।

महाधिवेशन स्थल प्रज्ञा भवनमा चलिरहेको स्थायी समितिले संशोधित विधानको कलस्टरसमेत मिलाएर केन्द्रीय समितिको प्यानल घोषणा गर्ने जनाइएको छ । प्यानललाई महाधिवेशन हलले अनुमोदन गरेमा निर्वाचन हुने छैन । यदि त्यसमा सहमति नजुटे निर्वाचन प्रक्रिया अघि बढ्ने बताइएको छ ।

हलले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनःअध्यक्षमा अनुमोदन गर्ने निश्चित छ । अन्य पदाधिकारीमा भने अहिलेसम्म कुनै निर्णय भएको छैन् ।

प्रतिक्रिया