प्राविधिक समस्या आउँदा श्री एयरलाइन्सको नेपालगञ्ज उडान रोकियो
नेपालखोज
२०७६ फागुन १० गते १०:२२
काठमाडौँ । काठमाडौंबाट नेपालगञ्ज जाने तयारीमा रहेको श्री एयरलाइन्सको हवाई जहाजमा ‘गम्भीर समस्या’ आएको भन्दै अन्तिम समयमा उड्नबाट रोकिएको छ ।
शनिबार आज बिहान साढे आठ बजे सो हवाई जहाज नेपालगञ्ज उड्ने तयारीमा थियो । यात्रुहरु बोर्डिङ पास लिएर हवाई जहाजमा बसिसकेका यात्रुहरुलाई छिटो–छिटो ओर्लिन भनिएको थियो ।
श्री एयरलाइन्सका कर्मचारीहरुले ‘सिरियस टेक्निकल प्रोबलम’ आएको भन्दै यात्रुहरुलाई रोकेर राखेका छन् । कस्तो खालको प्राविधिक समस्या हो भन्नेबारेमा जानकारी भने दिइएको छैन ।
श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या आएकाले उडान रोकिएको र मर्मतको काम भइरहेको जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया