‘समाजवादको बाटोबाट देशलाई समृद्धितर्फ लगिनेछ’
नेपालखोज
२०७८ पुष १७ गते १३:३८

काठमाडौं । एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तनहुँको भानु नगरपालिका ३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठनसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको दाबी गरेका छन् ।
‘इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिदा सबै उत्साहित भएका छन्’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘हाम्रो पार्र्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ ।’
अध्यक्ष नेपालले लमजुङ ,गोरखा र अर्को एक जिल्लालाई एकीकृत गरी ठूलो सहर बनाउनेतर्फ छलफल भएको उल्लेख गरे । उनले समाजवादको बाटोमा अगाडि बढेर देशलाई समृद्धिको दिशामा हिँडाउने संकल्प लिएको जनाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया