भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, तेस्रो लहरको खतरा

नेपालखोज २०७८ पुष १७ गते १४:४९

नयाँ दिल्ली । नयाँ दिल्ली । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमणका कारण तेस्रो लहर आउने त्रास फैलिएको छ । आज (शनिवार) बिहान प्रकाशित तथ्यांकका अनुसार विगत २४ घण्टामा देशभरि २२ हजार ७ सय ७५ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ४०६ जनाको कोभिडका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अक्टोबरयता एकैदिन भएको सर्वाधिक वृद्धि हो । यस्तै यहाँ ओमिक्रोनका संक्रमित पनि वढ्दै गएपछि थप त्रास सिर्जना भएको छ ।

आज शनिवार बिहान प्रकाशित तथ्यांकका अनुसार विगत २४ घण्टामा देशभरि २२ हजार ७ सय ७५ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ४०६ जनाको कोभिडका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अक्टोबरयता एकैदिन भएको सर्वाधिक वृद्धि हो ।

राजधानी दिल्ली, आर्थिक केन्द्र मुम्बई र कोलकाताजस्ता उच्च जनघनत्व भएका सहरमा संक्रमण बढेको देखिएको छ । यसअघि शुक्रवार बिहान सरकारले २४ घण्टाको अवधिमा १६हजार ७ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको तथा २२० जनाको मृत्यु भएको थियो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरि सक्रिय सङ्क्रमितको संख्या एक लाखभन्दा बढी छ ।

गत एप्रिल र मे महिनामा भारतमा कहालीलाग्दो दोस्रो लहर उत्कर्षमा पुग्दा दैनिक सरदर चार लाख मानिसमा कोभिड पुष्टि भएको थियो । त्यसयता सङ्क्रमितको संख्या उल्लेख्य घटेको थियो । कैयौँ महिना दैनिक १० हजारभन्दा कम सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका थिए । तर अधिकारी र विज्ञहरूले निकै संक्रामक ओमिक्रोन भेरिएन्टले तेस्रो लहर सिर्जना गर्न लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।

भारतमा ओमिक्रोनबाट संक्रमित हुने मानिसको संख्या १४ हजार नाघेको छ । महाराष्ट्र राज्यमा अहिलेसम्म सबैभन्दा धेरै ४५४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ । दिल्लीमा ३५१, तामिलनाडुमा ११८, गुजरातमा ११५ र केरलामा १०९ जनामा पनि ओमिक्रोन देखिएको छ ।

नेपालसँग सीमा जोडिएकामध्ये बंगालमा १७, उत्तर प्रदेश ८ र उत्तराखन्डमा ४ ओमिक्रोनका संक्रमित थपिएका छन्। संंक्रमितको संख्या बढ्न थालेपछि अहिले भारतमा दैनिक संक्रमण पुष्टि दर २ दशमलव ०५ प्रतिशत पुगेको छ । साप्ताहिक पुष्टि दर १ दशमलव १० प्रतिशत छ । नेपालमा सरकारले अहिलेसम्म केवल तीन जनामा ओमिक्रोन भेरिअन्टबाट संक्रमण भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया