आउने चुनावमा नेपाली कांग्रेसको दुई तिहाइ : डिला संग्रौला

नेपालखोज २०७८ पुष १७ गते १५:०७

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपाली कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुग्ने बताएकी छिन् । आज आफैंले लेखेको पुस्तक‘‘नेपालीका सपना अधुरै’ विमोचनमा उनले आगामी आम निर्वाचनबाट कांग्रेसले दुई तिहाइ बहुमत ल्याउने दावी गरिन् ।

उनले भनिन्, ‘हामीले लिएको अठोट र विश्वासलाई अघिल्लो सरकारले पूरा गर्न सकेन । नेपालीका थुप्रै सपनाहरु अधुरै रहे । जनता फेरि कांग्रेसतीरै फर्कन चाहेका छन् । कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको छ । त्यसैले आगामी तीनै तहको चुनावबाट कांग्रेसले दुई तिहाइका साथ मुलुकको नेतृत्व गर्दै जनताका अधुरा सपना पूरा गर्नुपर्छ ।’

सबै नेपालीले एउटा सपना बोकेको भएपनि ति सपनाहरु पूरा गर्ने दायित्व कांग्रेसको काँधमा संग्रौलाले बताईन् । पाँच बर्षको म्यान्डेट पाएको केपी ओली नेतृत्वको सरकारले ति सपनाहरुलाई लत्याएको आरोप उनको छ । संग्रौलाले आफ्नो पुस्तकमा जनताका भावना र सपनाहरु समेटेको उल्लेख गरिन् ।

प्रतिक्रिया