म काम गरेर मात्र बोल्छु : मन्त्री झाक्री

नेपालखोज २०७८ पुष १७ गते १६:३१

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले काम गरेपछि मात्र बोल्ने स्वभाव आफ्नो रहेको बताएकी छिन् । आज गुल्मीको एक समारोहमा मन्त्री झाक्रीले केही नेताहरुले आश्वासन बाँडेर काम नगरेको आरोप लगाईन् ।


उनले जनता झुक्याउने काममा नेताहरु लागेको बताईन् । उनले अरुभन्दा फरक काम गरेर देखाउने दावी गरिन् । उनले भनिन्,‘अहिले म गर्न नसक्ने योजना बाँड्दै हिड्न चाहान्न । हिजो कसैले बोलेर जनताहरूलाई झुक्याएर काम नभएको उदाहरण भएकाले म काम गरेपछि मात्रै बोल्छु ।’

उनले शिक्षामा आमूल परिवर्तनको आवश्यकता रहेको बताईन् । शिक्षा नीति परिवर्तनको आवश्यकता रेहको मन्त्री झाक्रीले स्पष्ट पारिन् ।

प्रतिक्रिया