‘राष्ट्रिय पोसाकको आधिकारिकता घोषणा गर्न पहल गर्छु’

नेपालखोज २०७८ पुष १७ गते १७:४९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले अव बस्ने क्याविनेटबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोशाक दिवसको अवसर पारे आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले अझै पनि राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा खिन्नता लागेको उल्लेख गर्दै अव छिट्टै बस्ने क्याविनेटबाट निर्णय गराउन आफू लागिपर्ने आश्वासन दिएका हुन्।

उनले त्यसका लागि आवश्यक तयारी गरेर आउन सो प्रतिष्ठानलाई आग्रह पनि गरे । मन्त्री आलेले राष्ट्रिय पोशाक दिवसको अवसरमा दिइएको सन्देशसहित आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय पोशाकलाई आधिकारिकता प्रदान गराउन अनुरोध गर्ने बताए ।

मन्त्री आलेले नेपाली पोशाक हरेक नेपालीको पहिचान भएको बताए । कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रिय पोशाक नेपालीहरुको राष्ट्रिय गौरव भएको बताए ।

उनले राष्ट्रिय पोशाकको कुरा गर्दा जातीय पोशाकको महत्व कम नहुने पनि स्मरण गराए । कार्यक्रममा नेपाली भाषा, संस्कृति र पोशाकको प्रवद्र्धनमा योगदान पुर्‍याएकाहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया