नेपाली टोपीमा सजिएका नेपाली (फोटो फिचर)

नेपालखोज २०७८ पुष १७ गते २१:३३

काठमाडौं । आज अंग्रजी नयाँ वर्ष २०२२ को पहिलो दिन नेपाली टोपी दिवस मनाइएको छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन टोपी दिवस मनाउन थालिएको हो ।

जङ्गबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

आजका दिन सर्वसाधारणलगायत विभिन्न कालाकार, राजनिज्ञहरुले नेपाली टोपीसहित आफ्ना तस्विरहरु सामाजिक संजालहरुमा पोष्ट गरेका छन् । हेरौं तस्बिर :

प्रतिक्रिया