शनिबार, जेठ ५, २०८१

जीवनमा एकपटक हज (तीर्थयात्रा) अनिवार्य

नेपालखोज २०७८ पुष १८ गते ५:०१

काठमाडौं । सबै धर्मावलम्बीका आफ्नै किसिमका धार्मिक सिद्धान्त, नियम तथा संस्कारहरू हुन्छन् । विभिन्न धर्मावलम्वीमध्ये इस्लाम धर्मावलम्बीले पालना गर्ने धेरै नियम छन् । इस्लाम धर्मका मुख्य तीनवटा कर्तव्य वा नियमबारे हामीले यसभन्दा अगाडि चर्चा गरेका थियौं ।

हामीले चर्चा गरेका विषयहरूमध्ये पहिलो, ईश्वर (अल्लाह) मा विश्वास गर्ने मुसलमानहरूले ईश्वरको कल्पनाभन्दा प्रार्थना र जय–जयकार गर्नुपर्छ भन्ने हो ।दोस्रो, इस्लाम धर्मावलम्वलीले गर्ने नमाज वा प्रार्थना र तेस्रो, मुसलमानहरूका लागि दान (जकात) धेरै नै महत्त्वपूर्ण पक्ष हो भन्ने सम्बन्धमा चर्चा गरिएको थियो ।

सृष्टिको सुरुवातदेखि संसार रहुन्जेलसम्म समस्त मानवका लागि पूर्ण जीवन पद्धतिको रुपमा इस्लाम धर्मलाई लिइने गरिन्छ । आज हामी यसै इस्लाम धर्मका बाँकी नियम तथा कर्तब्यको बारेमा चर्चा गर्दैछौं ।

इस्लाम धर्मावलम्वीहरूले मान्ने चौथो नियममा व्रत (सौम) रहेको छ । इस्लामी क्यालेन्डरको नवौँ महिनामा सम्पूर्ण सक्षम मुसलमानहरूले सूर्योदयदेखि सूर्यास्तसम्म व्रत गर्नु अनिवार्य हुन्छ । यस व्रतलाई रोजा भनिन्छ ।

‘ईश्वरको कल्पनाभन्दा प्रार्थना र जय-जयकार ठूलो’

रोजामा हरेक प्रकारको खानपिन त्याग गरिनुपर्छ । व्यर्थ कर्मदेखि पनि आफूलाई टाढा राख्नु पर्छ । यौन गतिविधि पनि वर्जित गरिएको छ । रोजा बस्दा संसारी आकर्षणदेखि ध्यान हटाएर अनुभव हुने गरी ईश्वरसँग निकटता बनाउनु पर्छ । निर्धन, भिक्षा माग्ने, भोका तथा दुखीको सेवामा मन लगाउनु पर्छ ।

इस्लाम धर्मका धेरै नियमहरूमध्ये पाँचौमा तीर्थ यात्रा वा हज गर्ने हो । हज इस्लामी क्यालेन्डरको १२औं महीनामा मक्का (साउदी अरेबिया)मा गएर गरिन्छ । हज वा तिर्थयात्रा हरेक ईश्वरप्रति समर्पित मुसलमानका लागि जीवनमा एक पटक गर्नु अनिवार्य छ ।

प्रतिक्रिया