शनिबार, जेठ ५, २०८१

कन्या राशिको वार्षिक भविष्य

नेपालखोज २०७८ पुष १८ गते ६:२३

कन्या राशिका व्यक्ति दुविधामा पर्न सक्नेछन् । सही र गलतबीचको छनोटमा निर्णय लिन असहज होला । यस्तो दुविधा दुई व्यक्ति, दुई विचारधारा अथवा दुई समूहबीच एकको छनोटमा देखा पर्न सक्छ ।

आजीविका : स्थान परिवर्तन हुनसक्छ । कार्यक्षेत्रको राजनीतिबाट दिक्क भएर यो क्षेत्र नै बदल्ने चाहना मनमा आउनेछ । धैर्यपूर्वक काम गर्नु उपयुक्त हुन्छ । कुनै विषयमा मनमा द्वन्द्व उत्पन्न भए अनुभवी वा जानकारहरुको सल्लाह लिन सकिन्छ । जबसम्म नयाँ काम फेला पर्दैन तबसम्म पुरानो काम छाड्नु उपयुक्त हुँदैन । व्यापार-व्यवसायमा पनि निर्णय लिन दुविधा होला । पर्याप्त छलफल अनि परामर्शपछि मात्र निर्णय लिनु ठीक हुन्छ ।

पारिवारिक जीवन : प्रेम सम्बन्धमा खटपटको सम्भावना छ । तपाईंको बुद्धि भ्रमित हुनसक्छ । परिवारमा पनि स-साना कुरालाई लिएर बहसका साथै पिता-पुत्रबीच विवादको स्थिति उत्पन्न हुनसक्छ । सन्तानबाट भने सुख पाइनेछ, उनीहरुको प्रगति पनि हुनेछ ।

आर्थिक जीवन : पर्याप्त सोच-विचार गरेर मात्र लगानी गर्नुहोला अन्यथा पैसा फस्न सक्छ । कसैलाई उधारो दिँदा पैसा उठाउन गाह्रो हुनेछ । अप्रिलपछि भने लगानीका लागि अनुकूल वातावरण रहनेछ । अप्रिलपछि सेयरमा लाम‍ो अवधिक‍ो लगानी गर्न सक्नुहुनेछ । जग्गा-जमीन अथवा अन्य सम्पत्ति खरिद गर्दा कागजपत्रहरु पर्याप्त जाँचबुझ गर्नुहोला ।

स्वास्थ्य : मानसिक चिन्ताले घेर्न सक्छ । यसको सीधा प्रभाव तपाईंको स्वास्थमा पनि पर्न सक्छ । मानसिक अशान्तिबLच चिढचिढापन बढनेछ । हृदय, गला, पेट अथवा नशासम्बन्धी समस्याको सामना गर्नुपर्ला ।

सुझाव : पञ्चगव्यले स्नान गर्नुहोला ।

प्रतिक्रिया