शनिबार, जेठ ५, २०८१

शनिबार प्रारम्भ भएको अंग्रेजी नयाँ वर्ष !

नेपालखोज २०७८ पुष १८ गते ७:४५

अंग्रेजी क्यालेन्डरअनुसार यो वर्षको सुरुवात शनिबारबाट भएको छ । शनिबार वर्ष प्रारम्भ हुने यस्तो संयोग बितेका सय वर्षमा १५औं पटक जुरेको छ । आउने २ अप्रिलमा सुरु हुने हाम्रो नयाँ संवतसर २०७९ पनि शनिबारकै दिन प्रारम्भ हुनेछ ।

बितेका सय वर्षमा शनिबार सुरु भएका अंग्रेजी नयाँ वर्ष : १९२१, १९२७, १९३३, १९४४, १९४९, १९५५, १९६६, १९७२, १९७७, १९८३, १९९४, २०००, २००५, २०११ तथा २०२२ ।

यी राशिले पाउने छन् राहत
अहिले शनि मकर राशिमा गोचर गरिरहेका छन् जसबाट पाँचवटा राशि प्रभावित छन् । अहिले तुला र मिथुन राशिमा अढैया शनि चलिरहेको छ । यसैगरी धनु, मकर तथा कुम्भ राशिमा साढे सात शनिको बास छ । वैशाख १६ गते शुक्रबारदेखि (२९ अप्रिल) शनि अर्को राशि कुम्भमा गोचर गर्न थाल्नेछन् । त्यसपछि मिथुन र तुला राशिले अढैया तथा धनु राशिले साढे सात शनिबाट छुटकारा पाउनेछन् ।

राशिअनुसार २०२२ को भविष्य
मेष- वर्ष उन्नति दायक रहनेछ, भूमि तथा भवनक‍ो योग छ ।
वृष- शिक्षामा प्रगति तथा कामकाजमा उन्नति हुनेछ । शुभ समय छ ।
मिथुन- आर्थिक लाभ हुनेछ भने पारिवारिक सामञ्जस्यता वृद्धि हुनेछ ।
कर्क- लाभदायक वर्ष छ, समस्याहरु समाधान हुनेछन् ।
सिंह- आर्थिक उन्नति, स्थायी लाभ तथा परिवारमा खुसीको योग छ ।
कन्या- बाधाहरु दूर हुनेछन्, आर्थिक लाभको योग छ । मुद्दा मामिलामा सफलता हात पर्नेछ ।
तुला- यश-कीर्ति वृद्धि तथा धार्मिक यात्राको योग छ । वर्ष सम्मानदायक रहनेछ ।
वृश्चिक- काममा सफलता प्राप्त हुनेछ भने मानसिक उल्झन बढ्ने देखिन्छ ।
धनु- ऋणबाट मुक्ति मिल्नेछ । भाग्योदय र राजकीय लाभको योग छ ।
मकर- आर्थिक सुधार तथा प्रमोसनको योग छ । मानसिक चिन्ता भने बढ्ने देखिन्छ ।
कुम्भ- परिवारमा नयाँ सदस्यको आगमन हुनेछ । उन्नतिदायक वर्ष छ ।
मीन- वादविवादबाट टाढै रहनुहोला । काममा उन्नति हुनेछ भने यात्राको योग पनि छ ।

प्रतिक्रिया