शुक्रबार, जेठ ३, २०८२

चुनाव जित्नेहरु-९

नेपालखोज २०७९ मंसिर १२ गते ११:४०

कैलाली – ५ मा नेपाली कांग्रेस

कैलाली – ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त २१ हजार ३ सय ९२ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका नारदमुनि रानाले २० हजार ३१८ मत पाएर पराजित भए ।

धरानमा जसपा

सुनसरी- १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत प्राप्त गर्दा तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेकि छिन् । यहाँ तेस्रो स्थानमा पुगेका माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएका छन ।

मोरङ -४ मा माओवादी

मोरङ – ४ बाट माओवादीका अमनलाल मोदी ३० हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद ढकाल २४ हजार ४ सय ६३ मत प्राप्त गरेका छन् ।

भण्डारी र ज्ञवाली आलोपालो गर्दै

गुल्मी – १ मा नेपाली कांग्रेसका डा . चन्द्र भण्डारी विजयी भएका छन् । भण्डारीले नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई १ हजार ५ सय ९२ मतले पछाडि पार्दै जित हात पारेका हुन् । यो क्षेत्रमा ६९ हजार ६ सय ८३ मत खसेकामा कांग्रेसका भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरे । गुल्मी – १ मा १ लाख १९ हजार दुई सय ८८ मतदाता छन । यो विजयसँगै कांग्रेसका भण्डारी दोस्रो पटक सांसद बनेका छन् । उनले २०७० मा पनि यसै क्षेत्रमा विजयी हासिल गरेका थिए ।

हुम्लाबाट छिरिङ डम्दुल

हुम्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । लामाले १४ हजार ३ सय ७१ मत ल्याएर जित हात पारेका हुन । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका दल रावलले ९ हजार ५ सय १६ मत मात्र जोडन सके । उनीहरुबीचको मतान्तर ४ हजार ८ सय ५५ छ । हुम्लामा राप्रपाका तेजबहादुर रावत ३ सय ७९ मतमा खुम्चिएका छन ।

सुजातालाइ हराउँदै ऋषिकेश

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ – २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । पोखरेल २०७० सालको संविधानसभामा सोही क्षेत्रबाट विजयी भएका थिए । यस पटक उनले नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई पराजित गरेका छन । पोखरेलले ३३ हजार १ सय ४८ मत प्राप्त गर्दा कोइराला ३१ हजार ९ सय ४० मत मै सिमित भएकि थिइन् ।

नवौं पटकको प्रयासमा सफल गुप्ता

कपिलवस्तु – ३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । उनी नवौं पटकको प्रयासमा प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९ सय ८२ मतमा रोकिएका थिए । उनीहरुबीचको मतान्तर ३ हजार ६ सय ३७ छ ।

जिते ठाकुरले

महोत्तरी -३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । ठाकुरले जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतको अन्तरले पराजित गरेका हुन् ।

कालीकोटबाट महेन्द्रबहादुर

कालीकोटक‍ो प्रतिनिधि सभा सदस्य सिटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका हुन् । महेन्द्रले २४ हजार ४ सय ७४ तथा नगीन्द्रले १६ हजार ४ सय १० मत प्राप्त गरेका छन् । महेन्द्रबहादुर शाही यसअघि ०७० को दोस्रो संविधान सभा सदस्य तथा ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएकन थिए । २०७४ को प्रदेश चुनाव जितेर कर्णालीको मुख्यमन्त्री बनेका शाहीले यस पटक पुन : प्रतिनिधिसभाको चुनाव लडेका हुन् ।

ठूलो मतान्तरमा एमालेका आचार्य

पाल्पा – १ बाट नेकपा एमालेका उम्‍मेदवार नारायणप्रसाद आचार्य प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । आचार्य कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । आचार्यले ३१ हजार १ सय ३ मत प्राप्त गर्दा गाहा २० हजार २ सय ५६ मत मै सिमित भएका थिए । पाल्पा – १ मा स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५ , राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले २ सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले १ हजार ९ सय १६ तथा राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले १ सय १५ मत प्राप्त गरे । यसैगरि स्वतन्त्र उम्मेदवारहरु नारायण न्यौपानेले २७ , राजु सुनारले ६८ तथा डोलराज तिमिल्सिना ले १० मत प्राप्त गरेका छन ।

मुगुबाट कांग्रेस

हिमाली जिल्ला मुगुको प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९ सय ९४ मतान्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् । शाहीको पक्षमा १४ हजार ७०२ मत छ भने कार्कीको पक्षमा १० हजार ७ सय ८ मत छ ।

प्रतिक्रिया