शनिबार, जेठ ४, २०८२

कोभिड र खराब मौसमले एकै दिन विश्वभर ४,४०० उडान रद्द, सबैभन्दा धेरै अमेरिकामा

नेपालखोज २०७८ पुष १८ गते १०:३८

कोरोना भाइरस र खराब मौसमका कारण क्रिसमसको याममा अमेरिकामा हवाई उडान रद्द हुने क्रमले एउटा नयाँ उच्च बिन्दु छोएको छ ।

शनिबार विश्वभर झन्डै ४ हजार ४०० उडानहरू रद्द गरिएकामा २,५०० भन्दा धेरै अमेरिकामा रहेको एयर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ ।

वायुसेवाका धेरै कर्मचारी कोभिड संक्रमितको संसर्गमा आएर क्वारन्टीनमा बसिरहेका कारण समस्या झन् थपिएको हो ।यात्रुहरूको त्यस्तो सङ्कटमा मध्य अमेरिकामा परेको हिमपातले अर्को सास्ती थपेको थियो ।

अमेरिकामा रद्द भएकामध्ये १,००० भन्दा धेरै उडानहरू सिकागोको ओहेर र मिडवे विमानस्थलबाट हुने उडान थिए । युनाइटेड एयरलायन्सले एउटा विज्ञप्तिमा भनेको छ, ‘आज गरिएका रद्दहरू ओमिक्रोनले कर्मचारीमा पारेको असर मौसमसँग जोडिएका कारण हुन् ।’

‘कठोर मौसमको अनुमानमा हामीले पहिल्यै उडानहरू रद्द गरेका हौँ। उडानहरू रद्द भएकाको हकमा हामीले पहिल्यै अर्को बुकिङ वा अन्य योजना बनाउन मिल्ने गरी खबर गरिरहेका छौँ ।’

आइतबार धेरैजसो मानिसहरू क्रिसमसको बिदा सकेर घर फर्कंने दिन थियो । डिसेम्बर २४ यता अमेरिकामा १२,००० उडानहरू रद्द भएका छन् । बीबीसी

प्रतिक्रिया