कानुन व्यवसायीको थामिएन विरोध, भन्छन्- जबराले राजीनामा दिनैपर्छ

नेपालखोज २०७८ पुष १८ गते १४:२९

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । आइतबार पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारी तथा कानुन व्यवसायीहरुले आन्दोलन गरेका हुन् ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउन आफूहरुले आवाज उठाएको बताए । उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने र त्यसका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनैपर्ने बताए ।

अध्यक्ष श्रेष्ठले बारले केही समयपछि राष्ट्रिय सम्मेलन गर्न लागेको र सम्मेलनमा न्यायपालिका सुधारको लागि हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा भइरहेको बाधालाई हटाएर काम अघि बढाउने बताए । अध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यका बाहिर रहेका कानुन व्यवसायीहरुले अहिले भइरहेको आन्दोलन पर्याप्त नभएको गुनासो गरेसँगै अब झनै सशक्त आन्दोलन गर्ने बताए ।

प्रतिक्रिया