शुक्रबार, जेठ ३, २०८२

बैंक अफ काठमाण्डूको बिओके स्मार्ट अकाउन्ट सार्वजनिक

नेपालखोज २०७८ पुष १८ गते २३:५५

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके स्मार्ट अकाउन्ट सार्वजनिक गरेको छ ।

कारोबार अब अझ फटाफट भन्ने मुलनाराका साथ ग्राहकहरुलाई बैंकिङ सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम व्याजदरको व्यवस्था सहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको छ । उक्त बचत खाता ग्राहकहरुले प्रविधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्ने छन् ।

यस बचत खाता खोल्दा ग्राहकहरुले छ दशमलव ५५ प्रतिशत वार्षिक व्याजदरसहित मोबाईल बैंकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, बिओके ई कम डलर कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य बैंकिङ सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्ने छन् ।

थुप्रै छुट अनि धेरै सुविधाहरुसहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहकहरुको बैंकिङ कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया