मंगलबार, वैशाख ४, २०८१

गुगल र फेसबुकभन्दा टिकटक अगाडि

नेपालखोज २०७८ पुष १९ गते ११:०८

काठमाडौं । टेकजगतमा २०२१ मा निकै हलचल देखियो । पपुलर सर्च इन्जिन गुगल यो वर्ष संसारकै सबैभन्दा लोकप्रिय सर्च इन्जिन बन्न सकेन । यसपटक भिडियो बेस्ड सोसल नेटवर्किंङ एप टिकटकले ग्लोबली गुगललाइ पछाडि पार्यो ।

टिकटक २०२१ मा सबैभन्दा बढी डाउनलोड गरिएको एपको सूचीमा नम्बर एकमा रह्यो । टिकटक गएको वर्ष यो सूचीको आठौं नम्बरमा थियो । २०२१ मा सबैभन्दा बढी भिजिट गरिएको साइटमा पनि टिकटकले गुगललाई पछाडि पारेको छ । यस हिसाबले टिकटक २०२१ को सर्वाधिक लोकप्रिय साइट भएको छ ।

Cloudflare ले दिएको एक रिपोर्टअनुसार टिकटकले यो स्थान प्राप्त गरेको हो । Cloudflare एउटा वेब इन्फ्रास्ट्रक्चर तथा वेबसाइट सिक्योरिटी फर्म हो । यसले Cloudflare Radar टेक्नोलोजी प्रयोग गरेर डाटा संकलन गर्छ । यो प्रविधि गएको वर्षको सेप्टेम्बरदेखि प्रयोगमा आएको हो ।

ताजा रिपोर्टअनुसार टिकटक एप युरोपसहित विभिन्न देशमा निकै लोकप्रिय छ । नेपालमा समेत अहिले टिकटकको क्रेज उत्कर्षमा छ । तथ्यांकअनुसार यो वर्ष फेसबुक लगातार नम्बर दुईमा थियो तर टिकटकले फेसबुकलाई समेत पछाडि पार्यो ।

Cloudflare का अनुसार टिकटक फेब्रुअरी २०२१ मा पहिलोपटक सबैभन्दा बढी इन्टरनेट ट्रफिक भएको साइट बनेको थियो । यद्यपि त्यो केबल एक दिनको कुरा थियो । मार्च र मेमा भने टिकटक थुप्रै दिन टप पोजिसनमा रहन सफल भयो । अझ अक्टोबर तथा नोभेम्बर महिनामा त टिकटकले सोसल मिडिया कम्पनी फेसबुक र सर्च इन्जिन जायन्ट गुगललाई जित्दै नम्बर एकको स्थान हासिल गर्यो । टिकटक २०१६ मा चिनीयाँ फर्म ByteDance ले लन्च गरेको एप हो ।

प्रतिक्रिया