सत्ता साझेदार दलहरुको बैठक बस्दै

नेपालखोज २०७८ पुष १९ गते ७:५५
फाइल तस्बिर

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । 

राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका दलहरू कसरी अगाडि बढ्ने भन्ने विषय बैठकको मुख्य एजेण्डा छ । रिक्त १९ पदमध्ये कसले कति सिट पाउने लगायत विषय छलफल हुने बताइएको छ । 

साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसदको अवरोध खुलाउने विषयमा पनि छलफल हुनसक्ने जनाइएकाे छ ।

प्रतिक्रिया