गायक राजेशलाई हातपात गर्ने शेर्पाले माफी मागे
नेपालखोज
२०७८ पुष १९ गते ९:३७

काठमाडौं । अमेरिकामा नयाँ वर्षका अवसरमा कन्सर्ट भईरहेका बेला गायक राजेशपायल राईमाथि हातपात गर्ने एक व्यक्तिले माफी मागेका छन् । अमेरिकामा बस्दै आएका पासाङ दावा शेर्पाले राईसँग अन्ततः माफी माग्न बाध्य भएका हुन् ।
गायक राईमाथि हातपात गरेपछि शेर्पालाई सामाजिक सञ्जालमा धेरैले गाली गरेका छन् । यस्तै कन्सर्ट आयोजक र अमेरिकामा रहेका नेपालीहरूको चर्को आलोचनापछि शेर्पाले माफी मागेका हुन् ।
पासाङ दावाले शेर्पा संस्कृतिअनुसार मदिरा र सगुन दिँदै खादा ओढाएर गायक राईसँग माफी मागेको जनाइएको छ । गायक राईले पासाङले गल्ती स्वीकार गरेको भन्दै माफी दिएको जनाएका छन् ।
गायक राईले सामाजिक सञ्जाल फेसबुकमा गल्ती स्विकार्नु पनि महानता हो भनेका छन् । दावा बिरामी पनि भएको हुँदा शीघ्र स्वास्थ्यलाभको कामना पनि सामाजिक सञ्जालमार्फत उनले व्यक्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया