आइतबार, वैशाख २३, २०८१

सहिद स्मारक : आज सातौं चरणको अन्तिम खेल, सातदोबाटो र हिमालय शेर्पा प्रतिस्पर्धामा

नेपालखोज २०७८ पुष १९ गते ९:५९

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज (सोमबार) एक खेल हुने भएको छ । सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबले दशरथ रंगशालामा दिउँसो १ बजेदेखि प्रतिस्पर्धा गर्ने भएका हुन् ।

सातौं चरणको अन्तिम खेलमा दुवै टोली जित निकाल्दै अंक तालिकामा स्थान बनाउने प्रयासमा हुनेछन् ।

अंकतालिकाअनुसार सातदोबाटो ८ जोडेर सातौं स्थानमा छ । हिमालयन क्लब ८ अंकका साथ आठौं स्थानमा छ ।

प्रतिक्रिया