चेल्सी र लिभरपुल क्लबले बराबरी गोल गरे
नेपालखोज
२०७८ पुष १९ गते १०:१७

स्टामफोर्ड ब्रिज । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा गएराति अबेर भएको खेलमा चेल्सी र लिभरपुल क्लबले बराबरी गोल गरेका छन् ।
स्टामफोर्ड ब्रिजमा भएको प्रतिस्पर्धामा दुवै टोलीले दुई÷दुईको बराबरी गोल गरेका हुन् । लिभरपुलका सादियो माने र मोहम्मद सलाहले एक–एक गोल गरे ।
यस्तै चेल्सीका माटियो कोभासिस र क्रिस्टियन पुलिसिसले एक–एक गोल गरे । खेल बराबरी भएसँगै अंक तालिकामा चेल्सी ४३ अंक जोडेर दोस्रो स्थानमा छ । लिभरपुल ४२ अंकका साथ तेस्रो स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया