कांग्रेस केन्द्रीय समितिको आज दोस्रो बैठक बस्दै

नेपालखोज २०७८ पुष १९ गते १०:४२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको दोस्रो बैठक आज (सोमबार) बस्ने भएको छ । कांग्रेस बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने जनाइएको छ ।

१४ औँ महाधिवेशनपछि पहिलो पटक शनिबार कांग्रेस केन्द्रीय समितिको बैठक बसेको थियो । उक्त बैठकले रामचन्द्र पौडेल, विजय गच्छदारलगायत १० नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।

बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीको रणनीति तथा उम्मेदवारको विषय र समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने जनाइएको छ ।

सत्ता साझेदार दलहरुको बैठक पनि आजै बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त बैठक बस्नेछ ।

प्रतिक्रिया