राष्ट्रियसभा निर्वाचन : सत्तारूढ गठबन्धनको १९ सिट बाँडफाँड

नेपालखोज २०७८ पुष १९ गते १३:५०

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनको १९ सिट बाँडफाँट गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १९ सिटमा भागबण्डा मिलाएको हो ।

बैठकमा कांग्रेसलाई ६, माओवादीलाई ५, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट दिने सहमति भएको छ । एमालेबाट खाली हुने सिटमध्ये तीनवटा नेपाली कांग्रेस, दुईवटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने सहमति जुटेको छ ।

एमालेबाट ८ जना, माओवादी केन्द्रबाट ४, एकीकृत समाजवादीबाट ४ र कांग्रेसबाट ३ जना सांसद बिदा हुँदै छन् । निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।

प्रतिक्रिया