प्रचण्डले कम्युनिस्ट पार्टी फुटाएर तहसनहस पारे : केपी ओली

नेपालखोज २०७८ पुष १९ गते १५:४३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी फुटाएर तहसनहस पारेको आरोप लगाएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रममा अध्यक्ष ओलीले आफ्नै पार्टीको सरकार ढालेर विपक्षीसँग हिड्दैमा समाजवाद नआउने बताए ।

माओवादी केन्द्रको महाधिवेशन र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि कटाक्ष गर्दै ओलीले विपक्षीको सरकार बनाएर समाजवादको नेपाली बाटो आउन नसक्ने दाबी गरे । उनले भने, ‘६४ प्रतिशत मत भएको सरकार ढालेर विपक्षीको सरकार बनाउने अनि समाजवादको नेपाली बाटो भन्ने ।’

सबै ठाउँमा कम्युनिष्टलाई कमजोर बनाएर समाजवादको बाटो कसरी हिड्ने भन्दै प्रचण्डलाई ओलीले प्रश्न गरे । विपक्षीसँग मिल्ने र आफ्नालाई दुश्मन ठान्ने बाटो समाजवादको बाटो समेत नभएको ओलीले बताए ।

प्रतिक्रिया