यी हुन् कांग्रेसका उम्मेद्वार (नामसहित)
नेपालखोज
२०७८ पुष १९ गते १६:२५

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका उम्मेदवारहरुको टुंगो लगाएको छ ।
कांग्रेसले प्रदेश १ बाट गोपाल बस्नेत, वाग्मतीबाट कृष्णप्रसाद पौडेल, गण्डकीबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णालीबाट दुर्गा पुन र सुदूरपश्चिमबाट नारायणदत्त मिश्रलाई चुनेको छ ।
आज बसेको दोस्रो केन्द्रीय समितिको बैठकले उम्मेद्वारहरु चुनेको हो । गठबन्धनलाई अघि बढाउने निर्णय पनि केन्द्रीय समिति बैठकमा भएको छ ।
आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा सदस्यको रिक्त हुने १९ सिटका लागि भागबन्डा गरेको थियो । जसमा नेपाली कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५५ सिट पाउने सहमति भएको थियो । त्यस्तै जनता समाजवादी पार्टीले दुई र जनमोर्चालाई एक सिट भागमा परेको छ ।
माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदै छ ।

सम्बन्धित

प्रतिक्रिया