बेस्ट फाइनान्सले गर्याे चाबहिल शाखा स्थानान्तरण
नेपालखोज
२०७८ पुष १९ गते १८:०५

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चावहिलमा रहेको आप्mनो शाखा कार्यालय स्थानान्तरण गरेको छ । फाइनान्सले पुस १८ गते आइतबार काठमाडौं महानगरपालिका वडा न. ७, हस्पिटलमार्गमा रहेको चावहिल शाखा कार्यालय चावहिलचोकस्थित देव भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो ।
बेष्ट फाइनान्स कम्पनी लिमिटेडका संचालक समिति अध्यक्ष खिमलाल पौडेलले उक्त नयाँ शाखा कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवं ग्राहकहरुको उपस्थिति रहेको बताइएको छ ।
कमलादी, काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिदै आएको छ । फाइनान्सले आफ्ना ग्राहकलाई डिजीटल बैंकिङ सेवालगायत अन्य आधुनिक बैकिङ सेवाहरु उपलब्ध गराउँदै आएको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया