शुक्रबार, जेठ ३, २०८२

सूर्या लाइफ इन्स्योरेन्सले १३ दशमलव ३६ प्रतिशत लाभांस वितरण गर्ने

नेपालखोज २०७८ पुष १९ गते १८:५६

काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औं वार्षिक साधारण सभा सोमबार विराटनगरमा सम्पन्न भएको छ । विराटनगरको होटेल हैरिसन प्यालेसमा कम्पनीले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साभारण सभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराइले गरेका थिए ।

सभाले चुक्ता पुँजीको १२ दशमलव ७० प्रतिशत बोनस सेयर तथा शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश गरी १३ दशमलव ३६ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी वृद्धि भई दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार एक सय रुपैयाँ पुग्ने छ । सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा संस्थापक सेयरधनी समूह ‘क’बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचनसमेत सम्पन्न गरेको छ ।

संस्थापक सेयरधनी समूह ‘क’बाट श्री केशव प्रसाद भट्टराई, श्री हेमन्त नाहटा, श्री विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएकाछन भने सर्वसाधारण सेयरधनी समूह ‘ख’बाट कृति टिवडेवाल तथा बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका छन् ।

कम्पनीले चालु आ.व. २०७८/७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना एक सय ३५ वटा शाखा सञ्जालमा रहेका ४९ हजार सात सय १७ अभिकर्ताहरुमार्फत एक लाख २२ हजार नौ सय ७० बीमा लेखबाट दुई अर्ब एक करोड ८५ लाख ७१ हजार तीन सय १८ रुपैयाँ बीमा शुल्क आर्जन गर्नुका साथै कुल दाबी भुक्तानी २९ करोड १८ लाख ६७ हजार तीन सय १० रुपैयाँ गरेको छ ।

प्रतिक्रिया