धनु राशिको वार्षिक भविष्य

धनु राशि हुनेहरुका लागि यो वर्ष सामाजिक दायरा अझ फराकिलो हुनेछ । आफ्नो कार्यक्षेत्र, परिवार तथा समाजमा परामर्श दिने तथा सामाजिक सेवामा सक्रिय रहने योग छ । यो विशेष शैलीका कारण तपाईंले आफ्नो पक्षमा समर्थन पनि जुटाउनु हुनेछ । तपाईंको नेटवर्कसमेत विस्तारित हुनेछ ।
आजीविका : यो वर्ष सकारात्मक मानसिक वातावरण रहनेछ । साथीभाइलाई मद्दत गर्न सकिनेछ । मानिसहरुसँग भेट्दा मन रमाउनेछ । सारगर्भित प्रस्तुति दिन सकिनेछ जसका कारण तपाईंको प्रस्ताव अस्वीकार हुने सम्भावना कम छ । कुनै नयाँ काम गर्नका लागि समय उपयुक्त छ । मानिसहरुलाई अगाडि बढ्न मद्दत गर्न सकिनेछ जसले तपाईंको प्रतिष्ठा वृद्धि गर्नेछ । व्यापारमा लाभ देखिन्छ ।
पारिवारिक जीवन : दिनचर्यामा परिवर्तन ल्याउन सकिन्छ । हल्का-फुल्का मुडमा रहन सकिनेछ । इष्टमित्र तथा नातेदारहरुसँग मेलजोल बढ्नेछ । घरमा पाहुना आउन सक्छन् । परिवारमा तपाईंको मान-सम्मान बढ्नेछ भने सबैले तपाईंसँग सल्लाह लिनेछन् । समग्रमा घरको वातावरण आफूले चाहेजस्तै रहनेछ ।
आर्थिक जीवन : यो वर्ष तपाईंको कामले अप्रत्याशित लाभ दिने पक्का छ । यो वर्ष तपाईंका अघि लाभप्रद प्रस्तावको ओइरो नै लाग्ने देखिएको छ । नयाँ-नयाँ आकर्षक प्रस्तावहरु आउनेछ । सबै कुरालाई सोच विचार गरी निर्णय लिनु तपाईंका लागि उत्तम रहनेछ ।
स्वास्थ्य : सामान्यतः शरीर स्वस्थ्य रहनेछ । शारीरिक एवं भावनात्मक स्वास्थ्यका बीच सन्तुलन कायम गर्नुपर्नेछ ।
सुझाव : केसरको सेवन अथवा त्यसको टीका लगाउनुहोला ।
प्रतिक्रिया