सोमबार, वैशाख १७, २०८१

‘रहस्यविद्या, हरेक मनुष्यको जीवनमा हुने सम्भावना हो’

नेपालखोज २०७८ पुष २० गते ८:३०

-राम्रोपन, अरूले मानिलिएको स्थिति हो । आनन्द, वास्तविक अनुभव हो ।
-यदि जीवनले तपाईंलाई आफूभन्दा विशाल केही सिर्जना गर्न दियो भने, मनुष्यको रूपमा त्यही तपाईंको निम्ति सबैभन्दा ठूलो सौभाग्य र सन्तुष्टि हो ।
-खुसी वा दुःख, आराम वा तनाव- मानिसको सम्पूर्ण अनुभवहरूको रासायनिक आधार हुन्छ । तपाईंभित्र आनन्दको रसायन कायम राखिरहन साधनहरू छन् ।
-रहस्यविद्या, हरेक मनुष्यको जीवनमा हुने सम्भावना हो । यसको लागि केवल ध्यान, संलग्नता, समर्पण र प्रतिबद्धता जरूरी हुन्छ ।
-यदि तपाईंले आफूलाई भरपूर रूपमा उन्नत गर्नुभयो भने, तपाईंसामु आउने जस्तोसुकै काम तपाईंको निम्ति बच्चाको खेल हुनेछ ।
-अध्यात्म भनेको माथि वा तल हेर्नु होइन- यसको अर्थ हो आफ्नो जीवनलाई सबैभन्दा गहन तरिकाले हेर्नु ।
-हामीसँग जतिसुकै धन, सम्पत्ति र शिक्षा भए पनि, हाम्रा सन्तानहरूले तबसम्म राम्रो जीवन बाँच्न सक्दैनन्, जबसम्म हामीले माटो र जललाई पहिलेकै स्थितिमा फर्काउँदैनौँ । सचेतन संसार, अबको एकमात्र मार्ग हो ।
-ध्यानलिङ्ग पूजा गर्नका लागि होइन- यसलाई अनुभव गरिनुपर्छ । यो यस्तो द्वार हो, जसले अस्तित्वको असीम प्रकृतिमा पुऱ्याउँछ ।
-जबसम्म तपाईं आफ्नो तर्कको बन्दी बन्नुहुन्छ, तबसम्म जीवनको चमत्कार तपाईंसामु उजागर हुनेछैन ।
-योग अभ्यासहरूको ध्येय यो हो- तपाईंका ऊर्जहरूलाई त्यस्तो अवस्थामा पुऱ्याउने, जहाँ ती प्रदीप्त र सन्तुलित रहन्छन् ।
-यदि हाम्रा अभिलाषाहरू पूरा नहुँदा हामी दुःखी बन्यौँ भने, तिनै अभिलाषाहरू विष बन्न सक्छन् ।
-इच्छापूर्वक गरिने जुनसुकै कुरा तपाईंको निम्ति निकै सुखद र विकास गर्ने प्रक्रिया बन्न सक्छ ।

प्रतिक्रिया