प्रधानमन्त्री देउवा धरान जाँदै, पार्टी कार्यालय उद्घाटनदेखि अवलोकनका कार्यक्रम
नेपालखोज
२०७८ पुष २० गते ९:४२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज (मंगलबार) विभिन्न कार्यक्रममा सहभागी हुन धरान प्रस्थान गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवा ‘धरान डे’ मा सहभागी हुनेछन् । उनी धरान स्थापना दिवसका अवसरमा स्थानीय पब्लिक माध्यमिक विद्यालयमा सहभागी हुनेछन् ।
यसैगरी प्रधानमन्त्री देउवाले कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवन पनि आजै उद्घाटन गर्ने कार्यक्रम छ ।
यसैगरी प्रधानमन्त्री देउवाले धरान ६, पानवारीस्थित फोहोर प्रशोधन केन्द्र र धरान १२ मा रहेको प्राविधिक शिक्षालय भवनको पनि उद्घाटन गर्नेछन् ।
सम्बन्धित

प्रतिक्रिया