सुन ९ सय रुपैयाँले घट्याे, चाँदीकाे भाउ कति ?

नेपालखोज २०७८ पुष २० गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९ सय रूपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ९ सय रूपैयाँले नै घटेकाे छ । आज तेजाबी सुन ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार तेजाबी सुन ९२ हजार ६ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले घढेकाे छ । आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया