राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्‌वारी दर्ता जारी

नेपालखोज २०७८ पुष २० गते ११:१२
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय सभाका रिक्त १९ सदस्यका लागि उम्मेद्वारको मनोनयनपत्र दर्ता सुरु भएको छ । सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज (मंगलबार) बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् ।

निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन् । आयोगले यही पुस २५ गते उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ ।

सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । उक्त निर्वाचनमा नौ राजनीतक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन् ।

प्रतिक्रिया