ललिता निवास जग्गा प्रकरणका मुख्य बिचौलियाको सम्बन्धमा सीआईबीको चासो

नेपालखोज २०७८ पुष २० गते १२:३१

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विशेष अदालतलाई ललिता निवास जग्गा प्रकरणका मुख्य बिचौलियाको सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

सीआईबीले रामकुमार सुवेदी र उनकी श्रीमती माधवीलाई विचाराधीन भ्रष्टाचार मुद्दामा अदालतमा पेस गर्नुपर्ने वा नपर्ने, थुनामा राखेर थप अनुसन्धान गर्नुपर्ने वा नपर्नेबारे जानकारी माग गर्दै ध्यानाकर्षण गराएको हो । सीआइबीले सुवेदी दम्पतिलाई अदालतमा पेश गर्ने कि नगर्ने भनेर विशेष पत्र काटेको जनाइएको छ ।

विशेष अदालतले भने मुद्दाको प्रक्रिया अघि बढिसकेको जनाएको छ । अदालतले आजभोलि नै जबरजस्ती उपस्थित गराउन आवश्यक नभएको जवाफ दिने तयारी गरेको जनाइएको छ । सुवेदी दम्पतिले सुवर्ण शमशेरका नातेदारसँग मिलेर सरकारी जग्गा कब्जा गर्न बिचौलियाको भूमिका खेलेको सीआईबीले जनाएको छ ।

०४९, २०६२, २०६७ र २०६९ सालमा उच्चपदस्थ व्यक्ति र भू–माफियासँग मिलेर १३६ रोपनीभन्दा बढी जग्गा कब्जा परेको पुष्टि भएपछि सुवेदी दम्पति फरार हुँदै आएका थिए ।

प्रतिक्रिया