जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०७८ पुष २० गते १२:५८

काठमाडौं । बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका २ बाडेपाखास्थित खाली चौरमा भण्डारीले लागुऔषध सेवन गराई बिहीबार साँझ ती महिलालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया