राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत (नामसहित)

नेपालखोज २०७८ पुष २० गते १५:३५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । आज अध्यक्ष लिङ्देनले विज्ञप्ति जारी गरेर पार्टीको विधान अनुसार केन्द्रीय कार्य समितिको सदस्य पदमा ३१ जनाको मनोनयन गरेको बताए ।

राप्रपाको विधानले केन्द्रीय समिति १९९ सदस्यीय तय गरेको छ । १४९ जना निर्वाचनबाट चयन भइसकेका छन् । विधान अनुसार लिङ्देनले ५० जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेछन् ।

लिङ्देनको गृह जिल्ला झापाबाट दुई जना मनोनीत भएका छन् । मनोनित हुनेमा प्रदेश १ अध्यक्षमा राम थापासँग पराजित भएका भक्तिप्रसाद सिटौला छन् । त्यस्तै लिङ्देनले झापाका पूराना नेता अम्बरबहादुर विष्टलाई मनोनयन गरेका छन् ।

मनोनीत केन्द्रीय सदस्यहरुकाे सूची

१. दीपक बोहरा, रुपन्देही
२. हरिबहादुर बस्नेत, उदयपुर
३. नवराज सुवेदी, रामेछाप
४. बालाराम घर्ती मगर, रोल्पा
५. टंक ढकाल, भोजपुर
६. प्रेम बहादुर भण्डारी, बाँके
७. निरञ्जन थापा, रुपन्देही
८।. भीमप्रसाद गौचन, म्याग्दी
९. हेमजंग गुरुङ, लमजुङ
१०. ठाकुरप्रसाद शर्मा, धादिङ
११. रामकुमार सुब्बा, सुनसरी
१२. मुकुन्दश्याम गिरी, सुर्खेत
१३. दिनेश श्रेष्ठ, भक्तपुर
१४. प्रा.डा.गीताभक्त जोशी, काठमाडौं
१५. भक्तिप्रसाद सिटौला, झापा
१६. मोहनकुमार श्रेष्ठ, गोरखा
१७. झनक प्याकुरेल, नुवाकोट
१८.श्यामबहादुर शाही, अछाम
१९. एजी शेर्पा, सोलुखुम्बु
२०. पुष्पराज पुरुष, ललितपुर
२१. रमानन्द न्यौपाने, जुम्ला
२२. सरोजा शर्मा, नवलपरासी
२३. रामप्रताप साह, सिराहा
२४. रविन चाम्लिङ, खोटाङ
२५. उदयराज पोखरेल, स्याङ्जा
२६. सरस्वती के.सी.अधिकारी, काठमाडौं
२७. दिनेश कार्की, रामेछाप
२८. वीरेन्द्र बम, कैलाली
२९. केशवचन्द्र समाल, रुकुम पूर्व
३०. अम्बरबहादुर विष्ट, झापा
३१. नवीन शाही, काठमाडौं

प्रतिक्रिया