नेप्से ६३ अंकले बढ्दा ४ अर्ब ३२ करोडको सेयर किनबेच

नेपालखोज २०७८ पुष २० गते १५:५७

काठमाडौ । नेप्सेको लगातारको उकालो यात्राले साताको तेस्रो कारोबार दिन आज पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३२ अंकले बढेको नेप्से आज पनि ६३ दशमलव एक अंकले बढेर २६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ८५ अंकले बढेर पाँच सय तीन दशमलव ७२ अंकमा पुगेको छ ।

दुई सय ३४ वटा कम्पनीहरुको ५५ हजार तीन सय ७८ पटकको कारोबारमा ९१ लाख १० हजार सात सय ५८ कित्ता सेयर खरिद बिक्री हुँदा कुल सेयर कारोबार रकम चार अर्ब ३२ करोड दुई लाख ६९ हजार आठ सय २८ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहहरुको कारोबार भएकोमा आज उत्पादनमुलक र अन्य समूहको सूचक व्रmमश ४२ दशमलव ७१ र छ दशमलव सात अंकले घटेर बाँकी समूहहरुको सूचक भने बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक ६३ दशमलव ६७ अंकले बढेर १८ सय २५ दशमलव १३ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि दुई सय ३२ दशमलव ४१ अंकले बढेर ४६ सय ७५ दशमलव ३१ अंकमा चढेको छ ।

जलविद्युत समूहको सूचक पनि ८७ दशमलव ५४ अंकले बढेर २९ सय दशमलव ३७ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि एक सय ६० दशमलव ५२ अंकले बढेर १४ हजार आठ सय नौ दशमलव ५५ अंकमा चढेको छ । यिबाहेक फाईनान्स, निर्जिवन बिमा, ट्रेडिङ, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज सप्तकोशी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ५८ रुपैयाँ ६० पैसामा प्रतिकित्ता सेयर कारोबार हुंदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य सात दशमलव ५० प्रतिशतले घटेर चार सय १० रुपैयाँ ७० पैसामा कारोबार भएको छ ।

त्यसैगरी आज नेपाल बंगलादेश बैकको प्रतिकित्ता चार सय पाँच रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा १४ करोड ७७ लाख ५४ हजार पाँच सय ५० रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया