विष्णुभक्त रंगकर्मी सम्मान पल्पसा डंगोललाई
नेपालखोज
२०७८ पुष २० गते १६:४५

काठमाडौं । यस वर्षको बिष्णुभक्त रङ्गकर्मी सम्मान पल्पसा डंगोल (चम्सुरी)ले पाएकी छिन् ।
बिष्णु भक्त- तारादेवी स्मृति गुठीद्वारा आयोजित पाँचौं स्मृति सभाको अवसरमा तीन दशकदेखि कलाकारितामा संलग्न चम्सुरीलाई २० हजार नगदसहित सम्मान गरिएको हो ।
पाँच वर्ष अघि राष्ट्रिय नाचघरमा प्रदर्शन गरिएको नाटक यज्ञबल्क्यमा राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै कलाकार विष्णुभक्त फुँयालको निधन भएको थियो ।
कलाकारितामा करिव पाँच दशक बिताएका बरिष्ठ रङ्गकर्मी फुँयालको स्मरण गर्दै सो पुरस्कार स्थापना गरि हरेक वर्ष स्मृतिसभा आयोजना गरि सो सम्मान गरिदै आएको छ ।
सम्बन्धित

प्रतिक्रिया