शुक्रबार, जेठ ३, २०८२

निकासीयोग्य नेपाली वस्तुहरूको प्रदर्शन

नेपालखोज २०७८ पुष २० गते १९:५२

काठमाडौं । नेपाल निर्यात परिषद्ले छैठौं दिवसको अवसरमा आजदेखि नेपाली निकासी योग्य वस्तुहरूकोे प्रर्दशन सुरु गरेको छ । परिषद्ले आज पत्रकार सम्मेलन गरी छैठौं दिवसको अवसरमा ठमेलको नेपाली घर होटलमा आजदेखि आगामी २२ गतेसम्म सीमित व्यवसायीको संलग्नतामा नेपाली निकासी योग्य वस्तुहरूकोे प्रदर्शन आयोजना सुरु भएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्वन केन्द्र र नेपाल हस्तकला महासंघको सहकार्यमा ‘निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मुल आधार’ भन्ने नाराका साथ छैठौं निर्यात दिवस मनाइएको बताए ।

अध्यक्ष कार्कीले निकासीको तुलनामा आयात वृद्धि भएकोले व्यापारघाटा वृद्धि हुन गएको बताए । उनले आयात वृद्धिले दिगो आर्थिक विकाससहितको समृद्धि हासिल गर्न गुणास्तरीय एवम् प्रतिस्पर्धी उत्पादन र अन्तर्राष्ट्रिय बजारमा निर्यातमा उल्लेख्य वृद्धि गर्नुको विकल्प नरहेको बताए । राष्ट्रको आर्थिक उन्नतिको लागि स्वदेशी उत्पादनहरूको उत्पादकत्व अभिवृद्धि गरी वस्तुहरूलाई प्रवद्र्वनको माध्यमबाट समग्र आर्थिक स्थितिलाई सबल बनाउन सके मात्र समृद्ध नेपाल सुखी नेपाली हुने बताए ।

अध्यक्ष कार्कीले परिषद्ले निर्यात दिवस मनाउनुको मुख्य उद्देश्य निर्यात व्यवसायिकबीचको समस्या र व्यवसायिक एकबद्धता देखाउने रहेको बताए । उनले निर्यात सम्बन्धी निर्यात क्षेत्रमा चर्को हवाई भाडा, दक्ष जनशक्तिको कमी, तरलताको संकट, चर्को बैंक ब्याजदर, नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियात्मक झन्झट, बजार प्रवर्द्धनमा कमी, बजार विविधिकरणको कमीलगायत अन्य धेरै समस्याहरू रहेको बताए ।

प्रतिक्रिया