फ्रान्समा फेला पर्यो कोरोनाको नयाँ ‘आईएचयू भेरियन्ट’

काठमाडौं । ओमिक्रोन भेरियन्टको संक्रमण झेलिरहेको वर्तमान विश्वलाई कोरोनाको एउटा नयाँ भेरियन्टले थप चिन्तामा पारेको छ । भनिन्छ फ्रान्सका वैज्ञानिकहरुले कोरोनाको एउटा नयाँ भेरियन्ट आईएचयू (IHU Variant) को पहिचान गरेका छन ।
युरोपेली मिडियाको रिपोर्टअनुसार आईएचयू भेरियन्टले ४६ पटक आफ्नो स्वरूप परिवर्तन गरिसकेको छ । शोधकर्ताहरुका भन्छन् यसमा ४६ वटा म्युटेसन हुन्छ । कोरोनाको यो भेरियन्ट कति संक्रामक छ र यसमा खोप कति प्रभावकारी हुन्छ भन्ने कुराको विस्तृत अध्ययन हुन बाँकी नै छ ।
समाचारअनुसार फ्रान्सको मार्सिले भन्ने स्थाननजिक आईएचयू भेरियन्टका १२ बिरामी फेला परेका छन् । ती बिरामीहरुको यात्रा इतिहास अफ्रिकी देश क्यामरूनसँग जोडिएको बताइँदै छ । आईएचयू नाम दिइएको B.1.640.2 भेरियन्टको खोज IHU Mediterranee Infection का वैज्ञानिकहरुले गरेका हुन् । शोधकर्ताहरु भन्छन्- यो ओमिक्रोनभन्दा बढी संक्रामक छ र यसमा भ्याक्सिनको असर कम हुने सम्भावनासमेत छ । यद्यपि अहिले यो आईएचयू भेरियन्ट त्यति फैलिसकेको छैन । यो आईएचयू भेरियन्ट कुन-कुन देशमा पुगेको छ भन्ने कुराको जाँच (अनुसन्धान) पनि बाँकी नै छ ।
कति घातक हुन सक्छ ?
विश्व स्वास्थ्य संगठनले अहिलेसम्म आईएचयू भेरियन्ट अथवा बी. २. ६४०.२ को जाँचलाई मान्यता दिइसकेको छैन त्यसैले यो कति घातक हुन सक्छ अहिले नै केही भन्न गाह्रो छ । महामारी विशेषज्ञ एरिक फिगल-डिङ भन्छन्, ‘यस्ता नयाँ भेरियन्ट आइरन्छन तर ती सबै खतरनाक नै हुन्छन् भन्ने छैन । तर एउटा कुरा के हो भने ओमिक्रोनले तर्साइरहेका बेला यो आईएचयू भेरियन्टले हामीलाई झस्काएको मात्र छैन खतरा पनि बढाएको चाहिँ छ ।’
यति बेला फ्रान्समा ओमिक्रोन भेरियन्टको प्रकोप बढदो छ । त्यहाँ आउने कोरोनाका कुल बिरामीमध्ये ६० प्रतिशत ओमिक्रोनबाट संक्रमित भएको बताइन्छ ।
प्रतिक्रिया