आइतबार, वैशाख १४, २०८२

मीन राशिको वार्षिक भविष्य

नेपालखोज २०७८ पुष २१ गते ८:५६

मीन राशि हुनेहरुले आफूभित्र हेरेर आत्ममन्थन अथवा आत्मपरीक्षण वा चिन्तन-मनन गरेर कुनै निर्णय लिनु हुनेछ । यो वर्ष तपाईंको भेट कुनै आध्यात्मिक व्यक्तिसँग हुनसक्छ जसले तपाईंलाई मार्गदर्शन दिनेछन् अनि तपाईंको आध्यात्मिक तथा आर्थिक उन्‍नति हुनेछ ।

आजीविका : आर्थिक दृष्टिले वर्ष लाभदायक सिद्ध हुनेछ । तपाईं वर्षभरि नै सकारात्मक ऊर्जाले ओत-प्रोत रहनुहुनेछ । कुनै ठूलो कार्यको जिम्मेवारी पनि लिइन सक्छ । विलक्षण बौद्धिक क्षमताले तपाईंलाई तीव्र गतिले विकासको मार्गमा हिँडाउनेछ । नोकरी गर्नेहरुले कार्यक्षेत्रमा धाक जमाउन सक्छन् । पदोन्नति तथा अझ राम्रो कामको अफर आउन सक्छ । व्यापारमा पनि अप्रत्याशित लाभ हुनेछ ।

पारिवारिक जीवन : पारिवारिक दृष्टिले वर्ष मिश्रित फलदिने खालको हुनेछ । परिवारमा सबै कुरा मंगलमय रहनेछ । तपाईंले परिवारलाई बढी समय दिनसक्नु हुनेछ । सन्तानबाट खुसीको खबर प्राप्त होला । जोडी नबाँधिएकाहरुमा कतिपयले जोडि फेलापार्ने छन । नयाँ सम्बन्धका कारण पुरानो सम्बन्धहरुलाइ बेवास्ता नगर्नु होला । वैवाहिक जीवन मधुरता रहनेछ । विवाह योग्यहरुको विवाहको योग छ ।

आर्थिक जीवन : आर्थिक स्थिति वर्षभर नै आशाअनुरूप रहनेछ । तपाईंको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा साना तथा सन्तान पक्षबाट पनि लाभ हुने देखिन्छ । आम्दानीका लागि आफैंले प्रयास गर्नुहोला । लामो अवधिको लगानीले राम्रो लाभ दिनेछ ।

स्वास्थ्य : पुराना रोगबाट छुटकारा मिल्न सक्छ । आँखा वा गलासम्बन्धी सामान्य समस्या देखा पर्न सक्छ । नियमित व्यायाम तथा स्वस्थ आहारलाई आफ्नो जीवनशैलीको हिस्सा बनाउनुहोला ।

सुझाव : आमा- बुबाको सेवा गरिरहनु होला, उहाँहरुसँग समय बिताउनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया