नेपाल एसबिआई बैंकले सेयरधनीलाई चुक्ता पुँजीमा ५.३१ लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैकले मंगलबार आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले बैंकको आर्थिक बर्ष २०७७–०७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आव २०७७–०७८ को नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।
सभाले बैंकका सेयरधनीहरुलाई चुक्ता पुँजीमा पाँच दशमलव ३१ प्रतिशतका दरले लाभांश ( तीन दशमलव ५० बोनश सेयर र एक दशमलव ८१ प्रतिसत नगद लाभांश) वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि” को आर्थिक बर्ष २०७७–०७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
सभाले आव २०७८–०७९मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एसएआर एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखा परीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
प्रतिक्रिया