राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज दाबी विरोध र उजुरी दिन सकिने
नेपालखोज
२०७८ पुष २१ गते १०:३६

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका छ ।
पुस २३ गते नै उम्मेद्वारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेद्वारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन तथा उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
सम्बन्धित

प्रतिक्रिया